कार्तिक १४, २०७४-मिस तामाङको एघारौं संस्करण सुरु भएको आयोजकले जनाएको छ । नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेस्ट फेसन होमले गर्दै आएको मिस तामाङ नयाँ पुस्तामा मौलिक सांस्कृतिक ज्ञान हस्तान्तरण गर्ने प्लेटफर्म हुने आयोजकले दाबी गरेको छ ।
आउँदो ल्होछारको मुख्य दिन सम्पन्न हुने गरी गर्न लागिएको मिस तामाङको सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विस्तृत कार्यक्रमहरू सार्वजनिक गरियो । सोमबारदेखि नै आवेदन खुल्ला गरिएको यो सौन्दर्य प्रतियोगिताअन्तर्गत एक महिना क्रिएटिभ क्लोज क्याम्प, मौलिक भाषा, साहित्य र संस्कृतिसम्बन्धी विशेष कार्यशाला, सांस्कृतिक एवं सम्पदा क्षेत्रको भ्रमण, ट्यालेन्ट सोलगायतको विशेषता रहेको तामाङ कला–संस्कृति केन्द्रका अध्यक्ष एवं संगीतकार मिलन मोक्तानले जनाए ।

0 comments:
Post a Comment