काठमाण्डौं, ४ भदौ ।
हिन्दु नारीहरुको विशेष पर्व तिज नजिकिदै जाँदा बजारमा तिजका गितहरु आउने क्रम पनि बढ्दो छ । समयक्रममा तिजको मौलिकता हराउँदै गएको र तिजका गित रत्यौलीका जस्तो हुन थालेको भन्दै आलोचना पनि हुने गरेको छ । त्यसो त तिजको मौलिकता जोगाई राख्नु पर्छ भन्ने सर्जकहरुको पनि कमि छैन यहाँ ।
गएका बर्षहरु झै यस बर्षको तिजको अवसरमा सुर्खेती सर्जक हरि विष्टले मौलिक तिज भाका नदी तिरैमा लिएर आएका छन । गंगामाला फिल्मस्ले बजारमा ल्याएको नदि तिरैमा बोलको तिज भाकामा टिका पुन र अनु गुरुङले स्वर दिएका छन । गितमा शब्द संगित भने हरि विष्टकै रहेको छ । अनुभवि सिनेम्याटोग्राफर राजु केसीले छायाँकन गरेको गितको भिडियो उच्च गुणस्तरिय छ । चर्चित मोडल दिपासा बिसि र करिश्मा ढकालले कम्मर मर्काएको भिडियोका सम्पादक विष्णु शर्मा हुन । भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन ।
हेर्नुस भिडियो
0 comments:
Post a Comment