728x90 AdSpace

  • Latest News

    Monday, August 21, 2017

    ट्वाइलेटले २ दिनमा ३१ करोड कमायो




    काठमाण्डौं, भदौ

    पछिल्लो समय बलिउडका स्टार अभिनेताहरु सलमान खान, शाहरुख खानका चलचित्रको उत्साहजनक प्रदर्शन भएको छैन । सलमान खानको ‘ट्युबलाइट’ र शाहरुख खानको ‘जब ह्यारी मेट सेजल’ बक्स अफिसमा सफल भएनन् ।

    तर गत शुक्रबार रिलिज भएको अक्षय कुमारको ‘ट्वाइलेटः एक प्रेम कथा’ लाई भने सफलता हात परेको छ ।
    चलचित्रको बारेमा आएको मिश्रित समीक्षाले दर्शकलाई हलसम्म पु¥याएको हो । चलचित्रले पहिलो दिनमै १३ करोड १० लाखको व्यापार गरेको थियो । दोस्रो दिन चलचित्रले १६ करोडको व्यापार गर्‍यो । ट्रेड पण्डितहरुका अनुसार आइतबारसम्म चलचित्रले ५० करोडको व्यापार गरेको छ ।
    १८ करोड रुपैयाँमा बनेको चलचित्रमा अक्षय कुमारले पारिश्रमिक नलिएको बताइन्छ । चलचित्रको निर्माण पक्षले फाइदा अक्षयसँग बाँड्नेछ । श्री नारायण सिंहको निर्देशन रहेको यस चलचित्रले ११० करोडदेखि ११५ करोड कमाउने निर्माण पक्षले अपेक्षा गरेको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ट्वाइलेटले २ दिनमा ३१ करोड कमायो Rating: 5 Reviewed By: Unknown
    Scroll to Top