728x90 AdSpace

  • Latest News

    Sunday, August 20, 2017

    बाढीपीडितलाई २४ घण्टा सेवा गर्न स्वास्थ्य मन्त्रीको निर्देशन


    स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आज महोत्तरी जिल्लाका स्वास्थ्यकर्मीलाई २४सै घण्टा बाढीपीडितको सेवामा रहन निर्देशन दिएका छन ।
    बाढीबाट ४० हजार घरपरिवार प्रभावित भएको जिल्लाको सदरमुकाम जलेश्वरस्थित जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेर मन्त्री पोखरेलले  सबै स्वास्थ्यकर्मीलाई बाढीपीडितको उपचारमा २४सै घण्टा खट्न निर्देशन दिएका हुन ।
    मन्त्री पोखरेलले जिल्लाका बाढीपीडितका गाउँठाउँमा चिकित्सक र औषधिसहितको टोली पुगेर जनताको स्वास्थ्यको अभिभारा उठाउन र रोग तथा महामारी फैलन नदिन पनि सुझाव दिए ।
    जिल्ला जनस्वास्थ्य कार्यालयको भण्डारमा रहेका औषधि, आकस्मिक कक्षलगायतका स्थलगत निरीक्षणपश्चात पोखरेलले चाँडै यस अस्पतालको शय्या थप्ने, भवनअनुसारको र चिकित्सक सहितको अन्य स्वास्थ्यकर्मी पठाउने प्रतिबद्धतासमेत जनाए ।
    महोत्तरी जिल्ला अस्पताल अहिले २५ शय्याको भएपनि चिकित्सकभने दुई तीन जना मात्रै छन ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बाढीपीडितलाई २४ घण्टा सेवा गर्न स्वास्थ्य मन्त्रीको निर्देशन Rating: 5 Reviewed By: Shelfhelp
    Scroll to Top