728x90 AdSpace

  • Latest News

    Monday, August 21, 2017

    अन्तत : कान्छी बन्दै श्वेता



    काठमाण्डौं, ३१ श्रावण ।
    अभिनेता श्री कृष्ण श्रेष्ठको निधनपछि उनकी पत्नी एवं अभिनेत्री  श्वेता खड्का चलचित्र अभिनयमा फर्किएकी छन । आफ्नै ब्यानरमा निर्माण गर्न लागिएको चलचित्र ‘कान्छी’मार्फत उनी अभिनयमा फर्किएकी हुन ।
    कृष्णजन्माष्टमीको अवसर पारेर दिवंगत पति श्रीकृष्ण श्रेष्ठलाई सम्झँदै उनले सोमबार राजधानीमा चलचित्र कान्छीको मुहूर्त गरिन् । कार्यक्रममा बोल्दै अभिनेत्री श्वेताले भनिन्, ‘पुराना घाउको खाटा अझै नभरिए पनि मेरो परिवारबाट फिल्ममा आउनुपर्छ भन्ने सुझाव आएपछि म फिल्ममा फर्किएकी हुँ । यसपटक चलचित्रमा कान्छीका रूपमा आएकी छु ।’
    अहिलेका बाढीपीडितका लागि १ लाख ५ हजार रुपैयाँ सहयोगको घोषणा गर्दै अभिनेत्री श्वेताले नेपाली चलचित्र उद्योगमा विगतमा आफूहरूले बताएको जस्तै मौलिक र सफल फिल्म यसपटक पनि बनाउने जिकिर गरिन् । दर्शकको माया विगतको जस्तै फेरि पाउने आशा आफूले लिएको उनले बताइन् ।
    यो चलचित्रलाई आकाश अधिकारीले निर्देशन गर्दै छन् । चलचित्रको छायांकन २ भदौबाट जोमसोमदेखि आफूले सुरु गर्ने निर्देशक अधिकारीले बताए । अधिकारीले कान्छी विशुद्ध नेपालीपन चलचित्र बन्ने प्रतिबद्धता जनाउँदै गाउँमा अहिले अधिकांश युवायुवतीहरू विदेश पलायन हुँदा मलामी जाने मानिस पनि नभएको बताए ।
    त्यसैले वैदेशिक रोजगारीको कथालाई उनेर गाउँमा कान्छीले भोग्नुपरेको दुःखलाई चलचित्रमा ल्याउन लागेको छु भने । दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठ अभिनित फिल्म ‘कोहिनूर’को निर्देशन अधिकारीले गरेका थिए ।
    चलचित्रमा श्वेता खड्का, दयाहाङ राई, नीर शाह, अनु शाह, भूमिका श्रेष्ठ, प्रज्वल सुरज गिरीलगायतको अभिनय रहने छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अन्तत : कान्छी बन्दै श्वेता Rating: 5 Reviewed By: Unknown
    Scroll to Top