मनीषा कोइराला अर्थात विरोधाभाषपूर्ण जीवनकी पात्र । कोइराला परिवार नेपालको राजनीतिक खानदान हो, तर त्यही खानदानकी छोरी मनीषाले आफ्नो जीवन राजनीतिमा होइन, फिल्ममा उतारिन् । सामन्यतया चेलीहरूलाई सानो हुँदा माइतीमा र ठूली भएपछि श्रीमान्को घरमा खुसी देख्ने हाम्रो संस्कार छ । आजको नयाँ पत्रिकामा विशेष खबर छ
तर, जीवनको लामो समय एक्लै बसेकी मनीषा बिहे गरेपछि आफ्नै माइती फर्किएकी छिन्, उनी आमाबाबुसँगै खुसी देखिन्छिन् । त्योभन्दा ठूलो विरोधाभाष के भने क्यान्सरजस्तो रोग लागेपछि हाम्रो समाजमा कोही पनि व्यक्ति रोगले भन्दा पनि मानसिक रूपले अगलथलग हुने अवस्था आउँछ, तर क्यान्सरसँग लड्न सकिन्छ, जित्न सकिन्छ र जीवन उत्तिकै शक्तिका साथ जिउन सकिन्छ भनेर सन्देश दिन मनीषा संसारका कुना–कुना गइरहेकी छिन् । यो जीवन कतिपयका लागि अनौठो र विरोधाभाषपूर्ण लागे पनि धेरै नेपालीका लागि सकारात्मक, प्रेरणादायी र आदर्शपूर्ण लाग्नेछ भन्ने अपेक्षाका साथ मनीषासँग नयाँ पत्रिकाका उमेश चौहान र रमेश सापकोटाले संवाद गरेका छन् ।

0 comments:
Post a Comment