रमेश रसाईली कार्तिक १८, नेपाली संगित आकाशमा हिजोआज दिनहुँ
नयाँनयाँ म्युजिक भिडियो निर्माण भइरहेका
छन । त्यसो त गित संगित र म्युजिक भिडियोसंग सम्बन्धित गायक,गायिका,संकलक,कलाकार,निर्देशक,छायाकांर,सम्पादक लगायत सबैसबै निकै ब्यस्त
देखिन्छन । यि मध्ये म्युजिक भिडियोमा अभिनय र नृत्य गर्ने कलाकारहरुलाई यतिबेला
भ्याईनभ्याई छ । सबैजना आ आफ्नो ठाउँमा
बिभिन्न म्युजिक भिडियोहरुमा अभिनय तथा नृत्य प्रस्तुत गरिरहेका छन । यिनै भिडहरुमध्येमा एउटा चिर परिचित नाम हो
कृष्ण स्वर्णकार । नेपाली संगित आकाशमा गायक,सर्जक र पछिल्लो समयमा मोडलको रुपमा
स्थापित भईसकेका स्वर्णकार यतिबेला एकपछि अर्को म्युजिक भिडियोमा अभिनय गर्न ब्यस्त छन । आजसम्म दुई दर्जन
लोकदोहोरी,पप,आधुनिक तथा अन्य भिडियोमा अभिनय तथा
नृत्य गरिसकेका कृष्ण स्वर्णकारलाई नेपालि संगित क्षेत्रमा सबैले चिन्छन । उनले
ब्यस्त निर्देशकहरु शिब बि.क.,शंकर बि.सि.,एकिन्द्र साराशंकर,अशोक बि.क.,स्मृति तिमिल्सिना,दिलिप रेग्मि,जिबन सेञ्चुरी तथा चर्चित मोडलहरु
ज्योति मगर,सुष्मा कार्कि,चन्दा दाहाल लगायत थुप्रै नयाँ तथा
पुराना बिभिन्न चर्चामा रहेका ब्यक्तिहरुसंग काम गरिसकेका छन । ति मध्ये
स्वर्णकारका सक्कलि कान्छि,कान्छि पार्बति,बाह्र तोला हार जस्ता गितहरु निकै
चर्चामा छन । हालमात्रैे निर्देशक अशोक बि.क. को निर्देशनमा चर्चित मोडल चन्दा
दाहालसंग स्वर्णकारले अभिनय गरेको गित नाच
घुमेर रिलिजको तयारीमा छ । आफ्ना पुराना गितहरुजस्तै यो गितबाट पनि दर्शकको भरपुर
माया पाउने आशा ब्यक्त गर्ने कृष्ण स्वर्णकार आफ्नो सम्पुर्ण जिबन संगित क्षेत्रमा
सपर्पित गर्ने बताउँछन ।
Friday, November 3, 2017
- Blogger Comments
- Facebook Comments
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment