728x90 AdSpace

  • Latest News

    Tuesday, November 7, 2017

    अर्पण ' ऋचा यकै साथ " फिर्के " मा

    कार्तिक २२, २०७४-अर्पण थापा र ऋचा शर्मा पछिल्लो पटक ‘आधा लभ’ मा स्क्रिन सेयर गरेको देखिएका थिए । उक्त फिल्मलाई अर्पण स्वयंले निर्देशन पनि गरेका थिए । उक्त जोडीलाई दर्शकले खासै साथ नदिए पनि अर्पण र ऋचा भने ‘फिर्के’ मा पनि दोहोरिए ।
    यति बेला सोही जोडीलाई लिएर निर्देशक पुरन थापाले ‘फेरिफेरि’ बनाउन लागेका छन् । यसअघि कमेडी जानरामा ‘पिरिम पर्‍या छन्’ र ‘कान्छी मटयाङ टयाङ’ निर्देशन गरेका थापाले ‘फेरिफेरि’ पनि कमेडी शैलीमै बनाउने बताएका छन् ।
    टेलिसिरियलमा ‘दोहोर्‍याई दोहोर्‍याईकन’ भन्ने थोगोका कारण कमेडी कलाकारमा समेत हिट पुरनको फिल्ममा अर्पण र ऋचासहित ओम प्रतीक गुरुङ, धर्मेन्द्र आचार्य र स्वयं पुरन प्रमुख भूमिकामा देखिँदै छन् ।

    माता वसुन्धरा मुभिजको प्रस्तुतिमा बन्ने उक्त फिल्म उच्च प्रविधिमा खिचिने बताइएको छ । रामेश्वर कार्कीले खिच्ने फिल्ममा एनबी महर्जनको द्वन्द् निर्देशन र विकास चौधरीको संगीत रहनेछ ।

    प्रकसित २२ कार्तिक् बुधबार २०७४
    login , www.rangadarpan . com

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अर्पण ' ऋचा यकै साथ " फिर्के " मा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top