कार्तिक १५, २०७४-एक वर्षअघि भुम्लीचोककी कुसुम श्रेष्ठले डोकामा तरकारी बोकेर खोला तर्दै गरेको फोटो पर्यटन व्यवसायी रूपचन्द्र महर्जनले सामाजिक सञ्जालमा अपलोड गरेसँगै ‘तरकारीवाली’ को चर्चा चुलियो । उनी ‘सेलेब्रिटी’ बनिन् । सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिन भ्याई–नभ्याई भयो ।
यसपछि उनलाई म्युजिक भिडियो र फिल्म खेल्ने अफर आयो । तर, उनले सबैलाई अस्विकार गरिरहिन् । रत्ननगरको टाँडीमा १२ पढ्दै गरेकी उनले ‘पढाइ बिग्रिने डरले’ म्युजिक भिडियो र फिल्ममा रुचि देखाएकी थिइनन् । तर, अब छिट्टै त्यसबाट पर्दा उठ्दै छ ।
‘फिल्म खेल्ने अफर धेरै आए सबै अस्विकार गरे पनि एउटा फिल्म खेलेकी छु । चाँडै दर्शकले सरप्राइज पाउनुहुनेछ ।’ ‘लम्फु’ फिल्मबाट उनले डेब्यु गरेकी हुन्, तर फिल्म खेलेको रहस्य भने उनले वर्षदिनपछि मात्रै खोलिन् । ‘फिल्मको कथा मन पर्यो, मलाई सुहाउने रोल रहेछ,’ कस्तो भूमिकामा देखा पर्दै छु भन्ने कुरा फिल्म हेरेपछि मात्र थाहा पाउनुहुनेछ ।’
उनका अनुसार अहिले पनि उनलाई चिन्ने धेरै छन् । देख्नेले तरकारीवाली भनेर बोलाउँछन् उनले भनिन्, ‘त्यही भएर मास्क लगाएर हिँड्ने गरेकी छु ।’
‘लम्फु’ का निर्देशक गोपालचन्द्र लामिछानेले ‘उनलाई सुहाउने रोल भएकोले’ आफूहरूले अनुरोध गरेको बताए । ‘हामीले कुनै करकाप गरेनौं,’ उनले भने, ‘यो वर्षको अन्त्यमा फिल्म प्रदर्शनमा आउनेछ ।’ उक्त फिल्ममा कुसुमसँगै कविर खड्का, संजित भण्डारी, मरिस्का पोखरेल, चाँदनी शर्मा लगायतको अभिनय छ ।

0 comments:
Post a Comment