मंसिर ११, २०७४-गायक राजेशपायल राईलाई आइतबार मिलाप म्यागजिन र मिलाप न्युज डटकमले सम्मान गरेको छ । नेपाली गायनमा ‘राई इज किङ’ उपनामले समेत चिनिने राईलाई हालै अमेरिकाको रोचेस्टर सिटीले ‘अन्तर्राष्ट्रिय पप गायक’ को उपाधि दिँदै नोभेम्बर ५ लाई ‘राई इज किङ’ को नामले फेस्टिभल मनाउने घोषणासमेत गरेको थियो ।
मिलापका प्रधान सम्पादक कृष्ण भुसालले एक नेपाली कलाकारले अन्तर्राष्ट्रिय सम्मान र उपाधि पाएर पनि राज्यले वास्ता नगरेपछि पत्रकारहरूका तर्फबाट सम्मान गरिएको बताए । ‘सम्झनाको कुरा नगर...’ बोलको गीत रेकर्ड गराएर सांगीतिक क्षेत्रमा प्रवेश गरेका गायक राई फिल्म ‘गरिब’ को ‘मेरो मनको दैलो खोली...’ बाट पाश्र्व गायनमा आएका हुन् । सांगीतिक क्षेत्रलाई १८ एकल एल्बम दिइसकेका गायक राईको ६ सयभन्दा बढी फिल्ममा पाश्र्व गायन रहेको छ
प्रकाशित मिति :२०७४ सोमबार
www.rangadarpan.com

0 comments:
Post a Comment