कार्तिक १५, २०७४-प्रेम यस्तो विषय हो, जो वर्तमान हुँदा त रमाइलो हुन्छ नै, विगत बन्दा पनि सबैलाई पीडादायक हुँदैन । जस्तो : प्रियंका चोपडालाई । यी बलिउड अभिनेत्री पूर्वप्रेमीप्रति अझै उस्तै आसक्ति देखाइरहेकी छन् । पूर्वप्रेमीको आफूकहाँ छुटेको ज्याकेट उनले अझै बेलाबेला लगाउने गरेकी रहिछन् ।
यस्तो रहस्योद्घाटन उनले ६ महिनाअघि अमेरिकी च्याट सो ‘डर्टी लोन्ड्री’ मा गरेकी थिइन् । उनको यो स्वीकारोक्तिले मिडिया र सामाजिक सञ्जाललाई राम्रैसँग तताइदिएको थियो । र, धेरैले उनका पूर्वप्रेमी को होलान् भनेर धेरै थरी अड्कलबाजी गरेका पनि थिए । अहिले यो बहस पुन: चुलिएको छ । शाहरूख खानले हालै एउटा पार्टीमा हुबहु त्यस्तै ज्याकेट लगाएर पुगेका तस्बिरहरूले ‘कतै शाहरूख नै प्रियंकाका पूर्वप्रेमी त हैनन् ?’ भन्ने अड्कलबाजी हुन थालेको छ ।
प्रियंका र शाहरूखको सम्बन्धलाई लिएर सोसल मिडियामा विभिन्न गसिप फैलिइरहेका छन् । च्याट सोमा प्रियंकाले अप्रत्यक्ष रूपमा शाहरूखलाई इंगित गरेको अनुमान भारतीय मिडियाले लगाएका छन् । उनले सोमा भनेकी थिइन्, ‘सामानहरू साटिइन्छन्, तर यसलाई म धेरै माया गर्छु किनभने अब त यो मेरो जस्तै भयो । उनले फिर्ता माग्दा पनि दिइनँ ।’
हालै एउटा कार्यक्रममा ‘बर्फी’ अभिनेत्रीले पूर्वप्रेमीलाई ‘एमएफ’ भनेर बोलाउने गरेको बताएकी थिइन् ।
यति बेला उनी ‘किड लाइक जेक’, ‘इजन्ट इट रोमान्टिक ?’ लगायतका हलिउड प्रोजेक्टमा व्यस्त छिन् ।

0 comments:
Post a Comment