728x90 AdSpace

  • Latest News

    Saturday, November 4, 2017

    सौगात् मल्लले भने सोचे जस्तो फ्लिम् पाको छैन

    कार्तिक १८, २०७४-‘लुट’ को हाकु कालेबाट सौगात मल्लले जीवन्त अभिनय गर्ने अभिनेताको पहिचान बनाए । थिएटर पृष्ठभूमि हुनुको नाताले सौगातप्रति विश्वास अधिक थियो । तर उनका पछिल्ला फिल्महरूले दर्शकको उक्त भरोसामाथि तुषारापात गरिदिएको प्रतीत हुन्छ । यही वर्ष उनी अभिनीत ‘संरक्षण’ र ‘मेरो पैसा खोइ !’ फ्लप भइसकेका छन् । हिजो शुक्रबारबाट ‘फाटेको जुत्ता’ प्रदर्शन भएको छ ।
    गौतम्ले भने मलाई आफ्नै फिल्म चित्त बुझेको छैन । तैपनि गर्नुपर्छ  चाहेको जस्तो काम गर्न पाएकै छैन ।

     यो सिक्दै र भोग्दै जाने कुरा रहेछ । पहिले म एक्लै थिएँ, घरको मप्रति अपेक्षा थिएन । पैसा कमाउनुपर्छ भन्ने थिएन । तर अहिले त्यो समय छैन । पैसाकै लागि फिल्म खेल्नुपर्ने बाध्यता छ । र, पनि अब स्क्रिप्ट फाइनल भएपछि वा स्क्रिप्ट राम्रो भएन भने काम गर्दिनँ भनेर सम्झौता गर्छु । सकेसम्म कम तर अब्बल फिल्म खेल्ने प्रयासमा छु । सुरुमा ‘कन्सेप्ट’ राम्रो लाग्छ अनि काम गर्ने सहमति हुन्छ । तर पछि पटकथामा फिटिक्क प्रगति भएको हुन्न । कति फिल्म सबल प्रमोसन नभएका कारण चल्दैनन् । मैले आफूलाई आएका मध्ये उत्कृष्ट फिल्म छानेर गर्ने हो । काम नगरी बस्ने कुरै हुँदैन । आफ्नो ठाउँबाट फिल्म बलियो बनाउन सक्दो प्रयास गरेकै हुन्छु । पूरै फिल्म सुधार्न सक्ने भए त निर्देशक नै बन्थें होला । जहाँसम्म ‘लुट २’ को सवाल छ, यसको स्क्रिप्ट नै दमदार लागेको थिएन । फेरि हतार–हतारमा काम गर्नुपर्‍यो । पहिलेजस्तो समय दिन पाइएन । ‘लुट’ मा सबैको कुरा फ्रेस थियो । सिक्वेलमा जे गरे पनि बासी लाग्थ्यो यसरि उन्ले आफ्नो गुनासो पोखे ;

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सौगात् मल्लले भने सोचे जस्तो फ्लिम् पाको छैन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top