कार्तिक १७, २०७४ इलामे सहर चियाबारी राम्रो... गीत त्यसै चर्चित भएको होइन, यो सुदूरपूर्वी जिल्ला वास्तवमै मनै लोभ्याउने स्थानहरूले भरिएको छ । तर इलामको पहिचान चियाबारी मात्रै होइन र बादलभित्र क्षणभरमै लुकिरहने डाँडाहरू मात्र पनि होइन । यहाँको भौगोलिक बनोट, चिया, नगदे बालीले सुधारिएको जीवन शैली, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति, दृश्यावलोकन, तालतलैया र सिमसार क्षेत्रलगायतले पनि आगन्तुकलाई आनन्दित तुल्याउने गर्छ । नेपालमै पहिलो इलामको चिया बगान, काठैकाठको संरचना भएको इलाम बजार, नारायणथान, माईथान, सिंहबाहिनी सेतीदेवीले पनि पर्यटक भुलाउन थालेको यस क्षेत्रमा सहरको व्यस्तताबाटै सुटुक्कै निस्केर ग्रामीण जीवनशैली र संस्कृति अनुभव गर्न सकिन्छ ।
Friday, November 3, 2017
- Blogger Comments
- Facebook Comments
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment