728x90 AdSpace

  • Latest News

    Wednesday, November 15, 2017

    अक्षयको कुमार को फल्याट किन्ने सोख

    कार्तिक २९, २०७४-बलिउड स्टार अक्षय कुमार अचल सम्पत्तिमा लगानी गर्न कत्ति पनि हिचकिचाउँदैनन् । मुम्बईको जुहु इलाकामा रहेको ड्युप्लेक्स अपार्टमेन्टमा बसिरहेका उनले मुम्बईमै अरू चार फ्ल्याट किनेका छन् । करौडौं मूल्यका  फ्ल्याट किनेको देखेर मान्छेहरू छक्क पर्नु स्वाभाविक नै हो ।

    अक्षयले अँधेरी वेस्टमा रहेको अपार्टमेन्टका २१ र ३८ औं तलामा चार कोठे फ्ल्याट लिएका छन् । त्यसको मूल्य साढे चार करोड भारु रहेको बताइएको छ । भारतीय मिडियाका अनुसार ३८ औं तलाको फ्ल्याट निकै लक्जरियस छ । त्यसमा स्विमिङ पुल, जगिङ ट्रेक, बार्बिक्यु कर्नर, फिटनेस सेन्टर, किड्स जोन उपलब्ध छन् ।
    अक्षयले यसअघि पनि विभिन्न ठाउँमा घर–जग्गा किनेका समाचार प्रकाशित भएका थिए । उनको एकुन्टा फ्ल्याट लोखन्डवाला र बान्द्रामा पनि छन् । केहीअघि उनले गोवाको अन्जुनामा सानदार बंगला किनेका थिए । उनी विश्वका सबैभन्दा बढी पारिश्रमिक लिने स्टारमध्येका एक हुन् । उनी एक फिल्म खेलेबापत् करिब ४५ करोड भारु लिन्छन् ।

    फोर्ब्सले सन् २०१७ मा निकालेको ‘हाइएस्ट पेड एक्टर्स’ को टप २० को सूचीमा अक्षयको नाम दसौं नम्बरमा थियो । उनले यो वर्ष ३.५५ करोड डलर कमाइ गरिसकेका छन् । अक्षयको आगामी फिल्म ‘२.०’ हो जसमा उनी रजनीकान्तसँग देखिँदै छन् ।

                                        प्रकासित बुधबार २९ कार्तिक
                                        रंग दर्पण टी भी
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अक्षयको कुमार को फल्याट किन्ने सोख Rating: 5 Reviewed By: Unknown
    Scroll to Top