रंग दर्पण काठमाण्डौ मंसिर शुक्रबार १५- २०७४
मंसिर १५, २०७४-मन परेको मान्छेको तस्बिर आँखाभरि नाचिरहन्छ । सेलेब्रिटीको हकमा त झन् यस्तो हुने नै भयो । कतिपय बलिउड–हलिउड स्टारहरू फयानहरूले बढी नै मन पराइदिँदा तनावमा पर्नुपरेका समाचारहरू बेलाबेला आइराखेकै छन् । यस्ता जबर्जस्त फयान पनि हुन्छन् कि सार्वजनिक रूपमा सेलेब्रिटीलाई अप्ठयारोमै पारिदिन्छन् । तर यहाँ त्यस्ता फयानभन्दा क्रिएटिभ फयानको कुरा हुँदै छ ।

अभिनेत्री केकी अधिकारी दंग परिन्, जति बेला उनको हातमा एउटा फयानले बनाएको आफ्नै स्केच पर्यो । मेरै मुहार चित्र बनाउनुभएको रहेछ, कसले गरायको हो त्यो खोजीनिती गरेर उनले सामाजिक संजालमा राखिन तेस्पछि केकी लाई उपहार पठाउने ब्याक्ति यसके श्रेष्ठ रहिछन ,
सेलेब्रिटीहरू यस्ता सिर्जनात्मक कलामार्फत फयानहरूले माया दर्साउँदा उत्साहित त पक्कै हुन्छन् । यसको अर्को उदाहरण हुन्, माग्नेबूढा अर्थात् केदार घिमिरे । उनले पनि केही समय पहिले विश्व तामाङले बनाएको आफ्नै पोट्रेट सामाजिक सञ्जालमा राखेका छन् । रमाइलो के छ भने केदारभन्दा पनि माग्नेबूढाको आवरण हुबहु चित्रमा देख्न सकिन्छ । उनले अपलोड गरेको चित्रमाथि व्यंग्यात्मक कमेन्टको ओइरो नै लागेको छ ।
अभिनेत्री प्रियंका कार्कीका पनि कलाप्रेमी फयान निकै देखिन्छन् । खास गरी पेन्सिल स्केच गरेर उनको मुहार चित्र कोर्नहरू प्रशस्तै छन् । तिनलाई पनि प्रियंकाले सामाजिक सञ्जालमा अपलोड गरेकी छन् तर नाम खुलाएकी छैनन् । एउटा पोट्रेटमा लेखिएको देखिन्छ– आर्ट बाई ईशान । सबै पोट्रेटमा प्रियंका खुलेर हाँसेकी
देखिन्छन्

0 comments:
Post a Comment