कार्तिक १६, २०७४-नेपाल आइडलका तेस्रो रनरअप गायक सागर आलेमगर कन्सर्टका लागि भोजपुर आइपुगे । अरुण गाउँपालिकाको चम्पेस्थित गायिका मेलिना राईसँग ‘न्यु अरुण कन्सर्ट–२०७४’ का लागि आइपुगेका हुन्
आलेले हेमन्त रानाको ‘सुन साइँली’, ‘ओई झुमा’लगायतका गीत गाएर मञ्च तताए । हुन त, नेपाल आइडलकै बेला आलेलाई थुप्रैपल्ट सुनेका र देखेका थिए । अनि समर्थन पनि । तर, टेलिभिजनको स्क्रिनमा देख्नु र प्रत्यक्ष पाउनुमा निकै गर्व माने चम्पेका संगीतप्रेमीले । ‘हेर्नुमात्रै होर ! उफ्री उफ्री नाच्न पनि भ्याइयो,’ रमेश थामीले सुनाए । आलेलाई पनि भोजपुरे स्रोता र दर्शकसँग सँगै झुम्न पाउँदा दंग थिए । भोजपुरेहरुको साथ र मायाले निक्कै खुसी भएको भावना पोखे ।
अर्की लोकप्रिय गायिका राईको प्रस्तुति झनै दमदार थियो । उनले ‘कम्मरमाथि पटुकी’, ‘कुटुमा कुटु’, ‘शिरैमा शिरबन्दी’, ‘तिम्ले बाटो फेर्यौ कि’लगायतका रोमाञ्चक तथा इनर्जेटिक गीत गाएर संगीतमय बनाइन् । उनी भोजपुरमा यसअघि पनि विभिन्न सांगीतिक प्रस्तुति लिएर आइरहने भित्र पर्छिन् । यसैगरी भोजपुरकै माटोले जन्माएको गायक मनोज थापामगरले पनि ‘उहिलेको बाजेको पालामा’ गीत गाएर दर्शक नचाए ।

0 comments:
Post a Comment