728x90 AdSpace

  • Latest News

    Sunday, November 26, 2017

    गृहमन्त्रीले आफुलाई भोट हाले पहिलो पटक


    रुकुम :  गृहमन्त्री  एवम् माओवादी केन्द्रका नेता जनार्दन शर्माले पहिलो पटक आफैंलाई मतदान गरेका छन् । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिका,५ को यमुनानन्द नमूना मावि 'क' मतदान केन्द्रबाट शर्माले मतदान गरेका हुन् ।
    शर्मा २०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा रुकुम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।
    त्यस बखत उनले मतदान गर्ने मतदान केन्द्र उनको निर्वाचन क्षेत्रमा नपर्ने भएकाले अर्कैलाई मतदान गरेका थिए। यस पटक भने शर्माको मतदान केन्द्र उनकै निर्वाचन क्षेत्रमा परेको छ । शर्माले मतदान गरेको केन्द्रमा १२५५ जना मतदाता रहेका छन् शर्मा यो जिल्लाबाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन्।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: गृहमन्त्रीले आफुलाई भोट हाले पहिलो पटक Rating: 5 Reviewed By: Unknown
    Scroll to Top