728x90 AdSpace

  • Latest News

    Saturday, November 11, 2017

    प्रभास को बाटोमा अनुष्का

     ओम विकल काठमाण्डौ

    कार्तिक २६, २०७४ बक्स अफिसमा तहल्का मच्चाएको ‘बाहुबली’ फिल्मका कलाकारद्वय प्रभास र अनुष्का सेट्टी बलिउड प्रवेश गर्ने हल्ला मिथ्या सावित भइरहेको छ । केही दिनअघि मात्रै प्रभासले फिल्ममेकर करण जोहरको प्रस्ताव अस्विकार गरेको खबर सुन्नमा आएको थियो । अहिले अनुष्काले पनि करणलाई ‘नो’ भनिदिएकी छन् ।

    वास्तवमा प्रभासभन्दा अघि नै अनुष्कालाई बलिउड भित्र्याउन पहल भएको थियो । करण नै यो काममा सक्रिय थिए । तर, प्रस्तावित फिल्मको भूमिका चित्त नबुझेपछि अनुष्काले करणलाई खिन्न बनाउनुपरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यी अभिनेत्रीलाई रणवीर कपुर र दीपिका पादुकोणले खेलेको ‘तमासा’ फिल्मका लागि अफर गरिए पनि उनले मानिनन् । ‘सिंघम’ र ‘गोलमाल’ शृंखला पनि अनुष्काले काम गर्न नचाहेका फिल्म हुन् ।

    बलिउडको प्रस्ताव रिजेक्ट गरेर अनुष्काले प्रभासको बाटो समाउन खोजेको अनुमान गरिएको छ । अथवा, प्रभास नै यसको कारण हो कि भन्नेसम्मका चर्चा चलेका छन् । जे होस्, करणसँगको कुराकानीपछि अनुष्काले प्रभाससँग सल्लाह लिएको चाहिँ सत्य भएको आजतकको दाबी छ । प्रभासले करणको फिल्मका लागि २० करोड भारु मागेपछि कुरा टुंगिएको थियो । अनुष्काले पनि मोटो रकम मागेको हुन सक्ने अनुमान गरिएको छ । उनीहरू दुई ‘करिबी रिलेसनसिप’ मा रहेको हल्ला छ । यद्यपि, दुईले आफूहरू राम्रा साथी मात्र भएको बताउँदै आएका छन् ।

    प्राकासित २६ आईतबार २०७४

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रभास को बाटोमा अनुष्का Rating: 5 Reviewed By: Unknown
    Scroll to Top