728x90 AdSpace

  • Latest News

    Monday, November 27, 2017

    हुम्ला बाट सुर्खेत उडेको तारा एयर को बिमान दुर्घटना

    मंसिर १२-  २०७४-हुम्लाबाट सुर्खेत उड्नलागेको तारा एयरको ९एन-एबीएम कलसाइन भएको ट्वीनअटर विमान दुर्घटना हुँदा चालक दलका सदस्य सहित १६ जना घाइते भएका छन् । हुम्ला विमानस्थलबाट सुर्खेत उड्नको लागि रनवेमा कुदिरहेको जहाजको पाङ्ग्रा पञ्चर भएर रनवेको दक्षिणी भेगमा पुगेको थियो । जहाजको नोज कुच्चिएको छ । 

    'हुम्ला विमानस्थलबाट उडान भर्नका लागि रनवेमा दाैडिएर टेकअप लिन खोज्दा टेकअप लिन नसकेपछि विमान् दुर्घटनामा परेको हो,'  प्रदेश ६ का प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले भने।

    उनको अनुसार विमानमा सवार दुई प्रहरीसहित क्याप्टेन बसन्त लामा, को-पाइलट अनुप गुरुङ र एयरहोस्टेस श्रेया श्रेष्ठ घाइते छन् । उनीहरुको टाउकोमा चोट लागेको छ । अन्य ११ यात्री भने सामान्य घाइते छन्। उनीहरुको हुम्लाको सिमकोट अस्पतालमा उपचार भइरहेको छ । 'घाइतेका उद्धारका लागि हेलिकप्टर पठाइएको छ,' उनले भने ।
    जहाजमा चुनावमा सुरक्षाका लगाि गएका १३ जनपद प्रहरी सवार थिए । उनीहरु चुनाव सकिएपछि सुर्खेत ओर्लँदै थि


    प्रकासित मंगलबार १२  - २०७४ 
    www.rangadarpan , com 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: हुम्ला बाट सुर्खेत उडेको तारा एयर को बिमान दुर्घटना Rating: 5 Reviewed By: Unknown
    Scroll to Top