तिम्रै लागी मर्न बाँकी छ,क्षितिज पारी उनको बस्तीमा,म पुजा गर्छु मायाको,यो मार्मिक सन्देश,मनको सन्देश,आकर्षण जस्ता सयौं सुपरहिट गीत बजारमा ल्याएर बेग्लै पहिचान बनाउन सफल बहु चर्चित सर्जक तथा गायक किरण बाबु पुनको नयाँ गीत "बाचा"बजारमा आएको छ।
पुनको आगमन संगै नेपाली लोक दोहोरी इतिहासमा छुट्टै धार स्थापित हुन सफल भएको मानिन्छ।यस्तै क्रममा उनको नयाँ गीत "बाचा"भित्र पनि हामी नयाँपन भेट्न सक्छौं।यो गीतमा तिन वटा बिषय बस्तु एउटै गीतमा समाबेश गरिएको छ।सायद यस्तो प्रयोग भएको गीत दोहोरी इतिहासमै पहिलो हो।बिषय वस्तुहुरु क्रमशः निकै मिठो शैलीमा प्रस्तुत गरिएको छ जस्तो:-सुरुको भागमा मायामा अति समर्पणको कथालाई प्रस्तुत गरिएको छ,भने दोश्रो भागमा हरेक बाध्यतामा टाढिएको तर बिछोड भित्र पनि अति समर्पित माया देखाइएको छ,त्यसैगरि तेस्रो भागमा पर्खाइको कथा प्रस्तुत गरिएको छ।यसरी फरक फरक कथा वस्तुमा फरक फरक शब्द तथा थेगो प्रयोग गरिएको छ,सामान्यतया लोकदोहोरीमा एउटा मात्रै थेगो प्रयोग गरेको हामी
पाउछौं तर यो गीत मार्फत क्रमिक रुपमा कथा समेटेर फरक फरक शब्द,थेगो राख्न पनि सकिन्छ भन्ने कुरा पनि देखाउन खोजेको हामी पाउछौं।त्यती मात्रै नभएर लोक गीतको इतिहासमा पहिलो पटक भारतिय चर्चित गायिका सन्जीवनीले आवाज दिएको गीत पनि यहि गीत हो उनले थुप्रै हिट हिट नेपाली चलचित्र तथा आधुनिक गीतहरु गाएकी छिन भने लोक दोहोरी भने पहिलो गीत बाचा नै हो।
यो गीतको म्युजिक भिडियो पनि अत्यन्तै फरक कथा बस्तु समेटेर बनाइएको छ।जस अन्तर्गत पुनर्जन्मको कथालाई निकै मिठो शैलीमा देखाइएको छ।जन्म र मृत्यु सास्वत सत्य हो,तर आत्मा कहिल्यै मर्दैन,कुनै न कुनै जिवात्मामा त्यो आत्माले प्रवेश पाउछ,पुरानो पात झर्नु र पालुवा पलाउनु जस्तै।कतिले पुर्ब जन्मलाई स्मरण गर्छन् त कतिले गर्दैनन् ।प्रस्तुत कथा प्राचीन युगमा बिछोडिएका प्रेम जोडीको पुनर्जन्ममा आधारित छ।वास्तवमा मायामा सांचो प्रेम गर्ने जोडीहरु हजारौं जन्महरु पनि आफ्नै प्रेमी वा प्रेमिकाका निम्ति लिन सक्छ्न भन्ने कुरा देखाउन खोजीएको छ।यो गीतमा किरण बाबु पुन र सन्जीवनीको आवाज रहेको छ भने शब्द /संगीत किरण बाबु पुनकै रहेको छ।यो गितको निर्देशन सर्वप्रिय निर्देशक एवं थुप्रै भिडियो निर्देशक तथा मोडल जन्माउन सफल परिपक्क निर्देशक बाबु राजा के.सी.(उज्ज्वल )ले गरेका छन भने छायांकन दुर्गा पौडेलको रहेको छ।त्यस्तै सम्पादन नबिन घर्ती मगरको रहेको छ भने प्रेम थापा र अञ्जली अधिकारीको जीवन्त अभिनय रहेको छ।यो गीतलाई कृष्ण फिल्मस् एण्ड एड्भरटाइजिङ्गले बजारमा ल्याएको छ।यो गीत बाट लोक गीत क्षेत्रमा फेरी एउटा इटा थपिने सबैको अनुमान रहेको छ।बाचा गीत अहिले दर्शक श्रोता माझ चर्चामा रहेको छ।
प्रकासित २१ मङ्गलबार् २०७४ रङग दर्पन टि भि

0 comments:
Post a Comment