728x90 AdSpace

  • Latest News

    Thursday, November 30, 2017

    बुवा संग ब्याडमिन्टन खेल्छिन दीपिका पादुकोण

    मंसिर १४, २०७४- बलिउड सेलेब्रिटीहरू फिटनेसका लागि पनि चर्चित छन् । थुप्रै खेलकुदका आफ्नै टिम पनि छन् । उनीहरू साँच्चिकै खेल पनि खेल्छन् र त्यसबाट आफूलाई ‘फिट एन्ड फाइन’ राख्न मदत मिलेको प्रतिक्रिया पनि दिइरहेका हुन्छन् । अभिनेत्री दीपिका पादुकोणले डेब्यु फिल्म ‘ॐ शान्ति ॐ’ को एउटा गीतमा शाहरूख खानसँग ब्याडमिन्टन खेलेको दृश्य छ । दीपिका ब्याडमिन्टन खेलाडी नै हुन् । मोडलिङ र पछि अभिनयमा लागेपछि उनको करिअरले त्यो बाटो छोडेको मात्र हो । अचेल पनि बेलाबेला उनी बुवा प्रकाशसँग ब्याडमिन्टन खेल्ने गर्छिन् । प्रकाश अन्तर्राष्ट्रिय रूपमै प्रशंसित ब्याडमिन्टन खेलाडी थिए, कुनै बेला । बुबाकै कारण दीपिकाले सानैमा ब्याडमिन्टन खेल्न सिकिन् । ‘ब्याडमिन्टनले अनुशासन र आत्मविश्वास बढाएको’ उनी मान्छिन् ।








    प्रकासित मंसिर १४ बिहिबार २०७४
    www.rangadarpan . com
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बुवा संग ब्याडमिन्टन खेल्छिन दीपिका पादुकोण Rating: 5 Reviewed By: Unknown
    Scroll to Top