कार्तिक १९, २०७४-पछिल्लो समय छोटो फिल्म बनाउने क्रम बढदो छ । छोटो फिल्म केन्द्रित विभिन्न फेस्टिभलदेखि कार्यशालाहरूले नेपाली फिल्म क्षेत्रमा नयाँ प्रतिभाहरू भित्र्याइरहेका पनि छन् । राजधानी शुक्रबार सम्पन्न एक छोटो फिल्म प्रतियोगितामा भने कला संग्रौला निर्देशित ‘बुट्टे जामा’ अब्बल बनेको छ । हाइलाइट्स नेपाल र ओस्कर इन्टरनेसनल कलेजले गरेको पहिलो छोटो फिल्म प्रतिस्पर्धामा संग्रौलाले सम्मान पत्र सहित १ लाख रुपैयाँ पाएकी छन् ।
चलचित्रकर्मीहरू नवीन सुब्बा, सुवर्ण थापा र मनोजबाबु पन्त सम्मिलित जुरीले ‘बुट्टे जामा’ लाई उत्कृष्ट छोटो फिल्म छनोट गरेको हो । राकेश महर्जन निर्देशित ‘कल्ली’ ले दोस्रो अवार्ड हासिल गर्दै ६० हजार रुपैयाँ पायो । त्यस्तै सुनील पाण्डे निर्देशित ‘अनन्त यात्रा’ ले तेस्रो अवार्ड पायो । यसबापत् उनले ४० हजार रुपैयाँ पाए । नारी मनोविज्ञानलाई सशक्त ढंगमा प्रस्तुत गरेको ‘काफल पाक्यो’ जुरीको नजरमा उत्कृष्ट ठहरियो । निरञ्जनराज भेटवाल निर्देशित फिल्मले इस्पेसल मेन्सन अवार्ड पनि पायो ।
विजेताहरूलाई ओस्कर कलेजका प्रिन्सिपल विनोद पौडेल र हाइलाइट्सकी कार्यकारी अधिकृत शिवानी गुरुङले नगद तथा प्रमाणपत्र दिए । नयाँ फिल्मकर्मीलाई प्लेटफर्म दिने उद्देश्यले प्रतियोगिता गरिएको हाइलाइट्सकी कार्यकारी निर्देशक शिवानी गुरुङले बताइन् । ‘यो पहिलो प्रयास हो,’ उनले भनिन्, ‘उत्साहजनक सहभागिताले हामी हौसिएका छौं ।’ उनले आगामी दिनमा प्रतिस्पर्धालाई थप व्यवस्थित र बृहत् बनाउँदै लाने योजना रहेको पनि बताइन् ।

0 comments:
Post a Comment