728x90 AdSpace

  • Latest News

    Sunday, December 3, 2017

    बाम गठबन्धनलाई मत बदर हुने ठुलो चिन्ता

       प्रकासित १८- सोमबार मंसिर २०७४
    रंग दर्पण   -  एमाले अध्यक्ष केपी ओली दैनिक ४/५ ओटा चुनाबी सभालाई सम्बोधन गर्दा अरु भन्दा पनि मतदान कसरि गर्ने भन्ने बारेमा बोल्छन किन कि यसपटक समानुपातिक तर्फको मत बदर हुने सम्भाबना छ ओली मतदाता शिक्षाप्रति भने खुबै चिन्तित देखिन्छन् ।
     धेरै ठाउँमा उनले आफ्ना कार्यकर्ताहरूलाई खटिन निर्देशनसमेत दिएका छन्, अन्त भन्दा झापा जिल्ला मा बडी मत बदर हुने सम्भाबना देखिन्छ किनकि यहा यमाले माओबादी राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) को गठबन्धन छ ओली मात्र न भयर सबै पार्टीका उमेद्वार हरु चिन्तित छन् र सबै ले सारै मेहनत गरिरहेका छन्
    प्रतिनिधि र प्रदेशसभा चुनाव एकै दिन हुनेछ । दुवै सभातर्फ प्रत्यक्ष र समानुपातिक गरी मतदान गर्नुपर्नेछ । गठबन्धनका कारण निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र फरक–फरक हुने व्यवस्था गरेको छ । प्रत्यक्षतर्फ पनि उम्मेदवार नभएका पार्टीको चुनाव चिह्न नराख्ने व्यवस्थासमेत गरिएको छ ।
    वाम गठबन्धन आबद्ध दलहरूबीच प्रत्यक्षतर्फ साझा उम्मेदवारलाई तथा समानुपातिकतर्फ आ–आफ्ना पार्टीलाई मत खसाल्ने सहमति छ । तर, उक्त सहमति आम कार्यकर्तालाई थाहा छैन । ओलीले कार्यकर्ता तथा सर्वसाधारण मतदातालाई यसबारे शिक्षा दिन विशेष जोड दिंदै आएका छन् । यसतर्फ कांग्रेस भने ढुक्क देखिन्छ । जिल्लाका प्रतिनिधिसभातर्फ ५ र प्रदेशसभातर्फ १० क्षेत्रमा कांग्रेस एक्लै चुनाव लडै छ । वाम गठबन्धन आबद्ध दलहरूबीच प्रत्यक्षतर्फ साझा उम्मेदवारलाई तथा समानुपातिकतर्फ आ–आफ्ना पार्टीलाई मत खसाल्ने सहमति छ । तर, उक्त सहमति आम कार्यकर्तालाई थाहा छैन । ओलीले कार्यकर्ता तथा सर्वसाधारण मतदातालाई यसबारे शिक्षा दिन विशेष जोड दिंदै आएका छन् । यसतर्फ कांग्रेस भने ढुक्क देखिन्छ । जिल्लाका प्रतिनिधिसभातर्फ ५ र प्रदेशसभातर्फ १० क्षेत्रमा कांग्रेस एक्लै चुनाव लड्दै  छ ।

    प्रकासित १८- सोमबार मंसिर २०७४
    रंग दर्पण   



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बाम गठबन्धनलाई मत बदर हुने ठुलो चिन्ता Rating: 5 Reviewed By: Unknown
    Scroll to Top