728x90 AdSpace

  • Latest News

    Tuesday, December 5, 2017

    मतगणना हुने ठाउमा सिसि टि भी जडान

      रंग दर्पण , मंसिर २०, बुधवार -२०७४  निर्वाचन मतगणना एकै ठाउँमा गणना गर्दा ढिलाइ हुने भएकाले विभिन्न स्थानमा मतगणना हुने तयारी निर्वाचन आयोगले गरेको छ ।
    काठमाडौंका मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले भने, 'विगतमा भएको अप्ठ्यारो परिस्थितिलाई ध्यानमा राखेर सुरक्षित बनाउन सिसी टिभी क्यामेरा जडान र प्रतिनिधिले हर्ने मिल्ने गरी जाली राख्ने तयारी भएको छ ।'
    स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका चितवनमा देखिएको समस्या पुनः नदोहोरियोस् भनेर आयोगले मतगणनामा सिसी टिभी क्यामेरा र जालीको प्रयोग गर्न लागेको जनाएको छ । सुरक्षाका दृष्टिकोणले प्रतिनिधि र मतगणनामा खटिएका कर्मचारी एकै ठाउँमा राख्न नहुने सुझाव आएपछि तार जालीको प्रयोग गर्ने तयारी भएको हो । मुख्य निर्वाचन अधिकृत पोखरेलले थपे, 'मतगणनामा अन्तर्राष्ट्रिय पर्यवेक्षक पनि आउँछन्, मतगणना स्थलमा जाली लगाउँदा कस्तो सन्देश जाला भन्ने पनि छ, कस्तो जाली राख्ने भन्ने विषमया सोच्दैछौँ ।'
    काठमाडौं निर्वाचन क्षेत्र नं १ का मुख्य अधिृकत एवं काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको संयोजनसमेत गरेका रमेशराज पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं १, २, ३ र ४ राष्ट्रिय सभागृहमा मतगणना हुन्छ । त्यसैगरी, निर्वाचन क्षेत्र नं ५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा मतगणना हुन्छ ।

    त्यसैगरी, निर्वाचन क्षेत्र नं ९ र १० अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वारमा मतगणना हुन्छ । निर्वाचन क्षेत्र नं ८ को वन परिसर बबरहलमा र निर्वाचन क्षेत्र नं ६ जिल्ला समन्वय समिति बबरमहलमा मतगणना हुने तयारी भएको छ ।


    रंग दर्पण मंसिर २०, बुधवार २०७४


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: मतगणना हुने ठाउमा सिसि टि भी जडान Rating: 5 Reviewed By: Unknown
    Scroll to Top