728x90 AdSpace

  • Latest News

    Thursday, December 14, 2017

    पाँच दल मात्रै राष्ट्रिय बन्ने , विवेकशील र राप्रपा आउट

    रंग दर्पण २९,मंसीर २०७४ -








    पाँच राजनीतिक दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएका छन्। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी(राजपा)ले मात्रै ३ प्रतिशत मत कटाउने सम्भावना देखिएको छ। ३ प्रतिशत मत ल्याउने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने कानुनी व्यवस्था छ।

    शुक्रबार विहान ११ बजेसम्म समानुपातिकको मतगणनाको परिणाम अनुसार एमालेले सबै भन्दा बढी ३४ प्रतिशत मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ३३ प्रतिशत, नेकपा माओवादीले १४ प्रतिशत, फोरमले ५ र राजपाले ४ प्रतिशत मत प्राप्त गरेका छन् । उता एक सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय दलको सूचिमा नपर्ने भएको छ। राप्रपाले ३ प्रतिशत मत ल्याउने अवस्था न्यून रहेको छ।

    त्यसै निर्वाचनको समयमा चर्चाको शिखरमा रहेको विवेकशील साझा पार्टीले पनि ३ प्रतिशत मत नकाटाउने भएको छ। एक सिट जितेका नयाँ शक्ति नेपाल, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा समेत राष्ट्रिय दल नबन्ने भएको छ । निर्वाचन आयोगका अनुसार मुलुक भर १ करोड ५ लाख ८७ हजार ५ सय २१ मतदान भएको छ। जसमा अहिलेसम्म ९० प्रतिशतको हाराहारीमा मतगणना भइसकेको छ। यता प्रत्यक्ष तर्फ एमालेले ८०, माओवादी केन्द्र ३६, काँग्रेसले २३, राजपाले ११, फोरमले १० सिट जितेका छन् ।

    साभार अन्पुर्नपोष्ट ,

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पाँच दल मात्रै राष्ट्रिय बन्ने , विवेकशील र राप्रपा आउट Rating: 5 Reviewed By: Unknown
    Scroll to Top