728x90 AdSpace

  • Latest News

    Sunday, December 3, 2017

    ' बटरफ्लाई पुस ' २८ बाट हालमा

    मंसिर १७, २०७४-ओम प्रतीक गुरुङको निर्देशन रहेको फिल्म ‘बटरफ्लाई’ को शनिबार ट्रेलर सार्वजनिक गरिएको छ । आर्यन अधिकारी र प्रियंका कार्की अभिनीत उक्त फिल्मको ट्रेलरमा प्रेम, रोमान्स, सस्पेन्स र एक्सनको भरपुर प्रयोग गरिएको छ । निर्देशक ओम प्रतीककै लेखन रहेको फिल्ममा अर्पण थापा, सुषमा कार्की, रवीन्द्र खड्का, सुरवीर पण्डित, मोहन निरौलालगायतको पनि अभिनय रहेको छ ।

    पुस २८ लाई रिलिज मिति तय गरेको फिल्मलाई पुष्पाञ्जली अधिकारी, रामशरण राना र भूपेन्द्र सुवेदीले संयुक्त रूपमा निर्माण गरेका हुन् भने अर्जुन पोखरेल, विकास चौधरी र दीपक शर्माले संगीत भरेका छन् । फिल्ममा कुमार महर्जनको एक्सन कोरियोग्राफी रहेको छ भने सिनेमाटोग्राफी सुरेश बज्राचार्यको हो । ‘के म तिम्रो होइन र’ बाट नेपाली फिल्ममा एक्सन अवतारमा डेब्यु गरेका आर्यनको ‘बटरफ्लाई’ दोस्रो फिल्म हो । एक्सन लभस्टोरी जानराको उक्त फिल्मको ट्रेलरमा आर्यन लुक्स आकर्षक देखिन्छ ।

    प्रकासित  मंसिर १७, २०७४ आइतबार
                         रंग दर्पण
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ' बटरफ्लाई पुस ' २८ बाट हालमा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top