728x90 AdSpace

  • Latest News

    Thursday, December 14, 2017

    सगरमाथाकाे उचाइ आफ्नै स्राेतसाधन प्रयाेग गरेर नाप्ने सरकारको तयारि

       रंग दर्पण मंसीर २९, शुक्रबार -२०७४ -

    १७० वर्षअघि तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी आठ हजार ८४८ मिटर भएको निष्कर्ष निकाले  पछि यसै मापनलाई सबैले निरन्तरता दिदै आईयको छ  । तत्पश्चात् विभिन्न समयमा विभिन्न निकायले उचाइ मापन गरी फरकफरक उचाइ निकालेका थिए । तर त्यसले आधिकारिक मान्यता भने पाएको थिएन । सबै पूर्वतयारी सकिएकाले मापनको कार्य तत्काल शुरु गर्ने नापी विभागले जनाएको छ ।
    अब नेपाल सरकारले आफ्नै  स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । सगरमाथाको उचाइको आधिकारिकताबारे विभिन्न चर्चा भइरहेका बेला नेपालले अन्तर्राष्ट्रियस्तरमा मान्य हुने प्रविधि प्रयोग गरी मापन गर्ने गृहकार्य अगाडि बढाइएको हो ।यस्का लागि भूमिसुधार तथा व्यवस्था मन्त्रालय ले रु  २ करोड विनियोजन गरिसकेको र आवश्यक थप रकमका लागि अर्थ मन्त्रालयले सुनिश्चितता गरिसकेको छ ,
    भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागले उचाइ मापनको कार्य अगाडि बढाउने छ । मापन कार्य शुरु गर्नुपूर्व विभागले भारत, चीनलगायत विभिन्न देशका नापनक्सासँग सम्बन्धित केन्द्रीय निकायका प्रतिनिधि, वैज्ञानिकसहितको अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेर कसरी मापन गर्ने भन्ने विषयमा छलफल गरेको छ ।यो कार्य सकिन्न २ वर्ष लाग्ने छ ,



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सगरमाथाकाे उचाइ आफ्नै स्राेतसाधन प्रयाेग गरेर नाप्ने सरकारको तयारि Rating: 5 Reviewed By: Unknown
    Scroll to Top