728x90 AdSpace

  • Latest News

    Monday, December 11, 2017

    हुम्लामा ठुलो हिमपात



     रंग दर्पण २६ ,मंसीर मंगलबार २०७४ 

     लामो समयदेखि पानी नपरेको हुम्लामा सोमबार यो वर्षकै पहिलो पटक हिमपात भएको छ। बिहान ६ बजे देखि सुरु भएको हिमपातले जिल्ला सदरमुकाम सिमकोटमा १ फिट बढी हिउँ जमेको छ। हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा झरेको छ।
    सिमकोट: लामो समयदेखि पानी नपरेको हुम्लामा सोमबार यो वर्षकै पहिलो पटक हिमपात भएको छ। बिहान ६ बजे देखि सुरु भएको हिमपातले जिल्ला सदरमुकाम सिमकोटमा १ फिट बढी हिउँ जमेको छ। हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा झरेको छ।

    हिमपातले उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाविसमा जाडो बढेको छ।
    हिउँका कारण चीनसँग सिमा जोडिएको उत्तरी गाविस लिमीका बासिन्दालाई घरबाट बाहिर निस्कनसमेत समस्या परेको नाम्खा गाउँपालिकाको मुचुका छेपाल लामाले टेलिफोनबाट बताए। उनका अनुसार मुचुमा अहिलेसम्म झण्डै साढे २ फिट जति हिउँ जमेकाले घरबाट बाहिर निस्कन नसकिएको हो।
    सदरमुकाम सिमकोटमा हिमपातले तापक्रम दिउँसै माइनस ५ भन्दा माथि पुगेको हुम्लाका प्रहरी प्रमुख कमलप्रसाद नेपालले बताए।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: हुम्लामा ठुलो हिमपात Rating: 5 Reviewed By: Unknown
    Scroll to Top