728x90 AdSpace

  • Latest News

    Friday, December 8, 2017

    दिपिका पादुकोण लाई पछि पार्दै प्रियंका

    रंग दर्पण ,मंसिर २३, २०७४-शनिबार
     
    बेलायतको इस्टर्न आई पत्रिकाको सर्वेक्षणले बलिउडकी प्रियंका चोपडालाई एसियाकै सेक्सि वुमन घोषित गरेको छ । गतवर्ष दीपिका पादुकोण सर्वेक्षणमा अगाडि थिइन् । यसपटकको समेत गरी प्रियंका पाँचौंपल्ट सेक्सिएस्ट वुमन बन्न सफल भएकी छन् । दीपिका भने यो पाली तेस्रो स्थानमा धकेलिइन् । ‘यो अवार्डका लागि मैले आफ्ना आमा–बुबालाई धन्यवाद दिनुपर्छ,’ प्रियंकाले बिहीबार ठटयौलो टीट गरेकी थिइन्, ‘उहाँहरूको वंशानुगत र तपार्इंहरूको अगाध प्रेमका कारण म यत्तिका पटक सूचीको अग्रपंक्तिमा परिरहेकी छु । इस्टर्न आई पत्रिकालाई धन्यवाद, केटीहरूलाई मक्ख पार्न तिमीले जानेका छौ ।’


    हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा भने प्रियंकाले अवार्ड जित्नुको रहस्य आफ्नो लगाव र निरन्तरता भएको उल्लेख गरेकी छन् । उनी ब्युटी, ब्रेन, ब्रेभरी र काइन्ड हार्टेड पर्सनालिटीको सम्मिश्रण भएकाले अवार्ड जित्नु अनौठो नभएको इस्टर्न आईले जनाएको छ । अनलाइन पोलिङका आधारमा उनी नम्बर एक स्थानमा आएकी हुन् ।

    सेक्सिएस्ट वुमनको सूची बाहिर आएयता भारतीय सञ्चारमाध्यमले चाहिँ घोर आश्चर्य प्रकट गरिरहेको छ । यो किनभने दीपिका र आलिया भट्टलाई पछि पार्दै भारतकै टेलिभिजन एक्ट्ेरस निया शर्मा दोस्रो सेक्सिएस्ट वुमन बन्न सफल भएकी छन् । पत्रिकाले ‘पचास सेक्सिएस्ट एसियन वुमेन’ अन्तर्गत निया र दीपिकालाई क्रमश: पहिलो र दोस्रो रनरअप घोषित गरेको छ ।

    यो समाचार थाहा पाएयता आफू सपनाको संसारमा पुगेजस्तो महसुस भइरहेको नियाले बताएकी छन् । प्रियंका, दीपिका, आलिया, माहिराजस्ता फेमस सेलेब्रिटीमाझ उनको नाम आएको छ । ‘सानो पर्दाकी अभिनेत्री भएकाले यत्रो माइलेज पाउँला भन्ने सोचेकी थिइनँ,’ उनले भनेकी छन्, ‘यो खुसी फयानहरूसँग बाँड्न चाहन्छु ।’ उनले ‘एक हजारो मे मेरी बेहेना हे’, ‘जमाइ राजा’ जस्ता टेलिशृंखलामा अभिनय गरेकी छन् । सेक्सिएस्ट वुमनको सूचीमा तेस्रो स्थान पाएकी दीपिकापछि आलिया भट्ट, माहिरा खान, दृष्टि धामी, कट्रिना कैफ, श्रद्धा कपुर, गौहर खान र रुविना दिलैक क्रमश: चौथोदेखि १० औं नम्बरमा परेका छन् । सबैभन्दा कम उमेरमा शिवांगी जोशी (१६) र बढीमा श्रीदेवी (५४) यो सूचीमा छन् ।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: दिपिका पादुकोण लाई पछि पार्दै प्रियंका Rating: 5 Reviewed By: Unknown
    Scroll to Top