728x90 AdSpace

  • Latest News

    Monday, December 4, 2017

    भिसा शुल्कमा एकरूपता ल्याउन अमेरिकी प्रस्ता

     रंग दर्पण- १९ मंगलबार, मंसीर- २०७४ नेपालले आफ्ना नागरिकप्रति अवलम्बन गर्दै आएको प्रवेशाज्ञा (भिसा) नीति परिवर्तन गर्न अमेरिकी दूतावासले प्रस्ताव गरेको छ । दूतावासले परराष्ट्र मन्त्रालयमार्फत उसका नागरिकका लागि अवलम्बन गरिँदै आएको भिसा नीति परिवर्तन गरी आफूसँग एकरूपता कायम गर्न औपचारिक प्रस्ताव गरेको हो ।
    दूतावासले पर्यटक, कामदार, विद्यार्थी र सञ्चारकर्मीका लागि दुई मुलुकबीच भिसा पारस्परिकता कायम गरी भिसा शुल्क र अवधिमा एकरूपता ल्याउन प्रस्तावसहित परराष्ट्रमा पत्राचार गरेको छ ।
    नेपालले अमेरिकी नागरिकलाई भिसा जारी गर्दा थोरै अवधिका लागि गर्ने तर शुल्क भने बढी तिर्नुपरेको भएको भन्दै दूतावासले अवधि र शुल्कमा एकरूपता कायम गर्न प्रस्ताव गरेको हो ।
    दूतावासले नेपाली नागरिकलाई भिसा जारी गर्दा अवलम्बन गरिएको नीति अख्तियार गरी एकरूपता ल्याउनसमेत आग्रह गरेको छ । अमेरिकाले उसका नागरिकलाई १ सय ६० डलर शुल्कमा प्रतिवर्ष १ सय ८० दिन बस्न पाउने गरी ५ वर्षको बहुप्रवेशी भिसा दिन प्रस्ताव गरेको स्रोतले बताएको छ । अहिले पर्यटक नेपालमा एक आर्थिक वर्षमा बढीमा १ सय ५० दिन मात्र बस्न पाउँछन् ।
    आफ्नो प्रस्ताव नेपालले अस्वीकार गरे जनवरी २ देखि नेपालीलाई समेत थोरै समयको भिसा दिने तयारी अमेरिकाले गरेको स्रोतले बताएको छ ।
    अमेरिकाले पर्यटकलाई ५ वर्षका लागि १ सय ६० डलरमा नेपालीलाई बहुप्रवेशी (मल्टिपल) भिसा दिँदै आएको छ भने नेपालले अमेरिकी नागरिकबाट १ सय ५० दिनकै २ सय ४० अमेरिकी डलर लिँदै आएको छ । यो रकम अमेरिकाको भिसा शुल्को तुलनामा महँगो हो ।
    अमेरिकामा एक वर्षमा १ सय ८० दिन बस्न पाउने प्रावधान छ भने नेपालमा बढीमा १ सय ५० दिन मात्र पर्यटक बस्न पाउँछन् । नेपालले अमेरिकी नागरिकलाई आगमन भिसा दिँदै आएको छ भने अमेरिकाले नेपालीलाई यो प्रावधान दिएको छैन ।
    अमेरिकी प्रस्तावपछि गृह मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक ७ मा दूतावासको प्रस्तावबारे छलफल गर्न अध्ययन समिति गठन गर्न निर्देशन दिएका थिए ।
    गृह मन्त्रालयले त्यसबारे अध्ययन गर्न अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेको संयोजकत्वमा अर्थ, परराष्ट्र र गृहका अधिकारी सम्मिलित अध्ययान समिति बनाएको छ ।
    काफ्ले संयोजकत्वको अध्ययन समितिले आफ्नो प्रतिवेदन गृह र परराष्ट्र मन्त्रालयमा पेस गरिसके पनि प्रतिवेदनमाथि अमेरिकी दूतावाससँग छलफल भएको छैन ।
    प्रतिवेदनमा भिसा नीति परिवर्तन गर्ने अमेरिकी प्रस्तावबारे सकारात्मक धारणा जनाउँदै गृह र परराष्ट्रले नेपालीले आवेदन दिने क्रममै तिर्नुपर्ने शुल्क हटाउन प्रस्ताव गरेको स्रोतले बताएको छ ।
    प्रतिवेदनमा नेपालले अमेरिकासँग आवेदकले भिसा पाएपछि मात्र शुल्क लिन प्रस्ताव गरिएको छ । नेपालले पनि अग्रिम भिसा शुल्क लिने प्रावधान हटाई अमेरिकी भिसा प्राप्त गर्ने नेपालीबाट मात्र भिसा शुल्क लिने व्यवस्था गरी दुई मुलुकको भिसा दिने प्रक्रियामा एकरूपता ल्याउन प्रस्ताव गर्ने तयारी गरेको छ ।
    अमेरिकाले नेपालीका लागि एक वर्षमा १ सय ८० दिन बस्न पाउने गरी १ सय ६० अमेरिकी डलरमा ५ वर्षको बहुप्रवेशी (मल्टिपल) पर्यटक भिसा जारी गर्दै आएको छ । नेपालले अमेरिकी नागरिकलाई एक आर्थिक वर्षमा १ सय ५० दिन बस्न पाउने गरी २ सय ४० अमेरिकी डलरमा बहुप्रवेशी भिसा दिँदै आएको छ । जसमा अनअराइभल सुविधासहितको सुरुमा सय डलर शुल्कमा ९० दिनको र त्यसपछि प्रतिदिन दुई डलर र बहुप्रवेशी बापतको २० डलर शुल्कमा ६० दिनको भिसा पाउँदै आएका छन् ।
    अमेरिकाले अध्ययन भिसामा ३ सय ६० अमेरिकी डलरमा ५ वर्षको बहुप्रवेशी भिसा दिने गरे पनि नेपालले डिग्री कार्यक्रममा एक वर्षको २ सय ५० र ननडिग्री कार्यक्रममा उपाधि अवधिभरको ५ सय ८० अमेरिकी डलर भिसा शुल्क तोकेको छ ।
    श्रम भिसाका लागि अमेरिकाले १ सय ९० डलरमा तीन वर्षको बहुप्रवेशी भिसा दिने गरेको छ । नेपालले एक वर्षको गैरसरकारी आयोजनामा ३ सय ६०, सरकारी आयोजनामा प्रतिवर्ष २ सय ५० र अन्य आयोजनामा प्रतिवर्ष ३ सय ९० अमेरिकी डलर शुल्क तोकेको छ । सञ्चार (प्रेस) भिसाका लागि अमेरिकाले १ सय ६० अमेरिकी डलरमा ५ वर्षको भिसा दिने प्रावधान छ भने नेपालले १ सय ४० अमेरिकी डलरमा एक वर्षको बहुप्रवेशी भिसा जारी गर्दै आएको छ।

    www.rangadarpan.com

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भिसा शुल्कमा एकरूपता ल्याउन अमेरिकी प्रस्ता Rating: 5 Reviewed By: Unknown
    Scroll to Top