रंग दर्पण - मंसिर २४, २०७४-
सन् १९४८ डिसेम्बर १० का दिन संयुक्त राष्ट्रसंघ महासभाले मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । त्यही दिन अर्थात् १० डिसेम्बरलाई मानव अधिकार दिवसका रूपमा विश्वभरि मनाइन्छ । त्यसपछिका ६९ वर्षमा राष्ट्रसंघकै पहलमा मानव अधिकारसम्बन्धी अनेक प्रतिज्ञापत्र, अनुबन्ध, उपलेख र घोषणापत्र जारी भइसकेका छन् । मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा १ मा भ्रातृत्वको भावना लिएर एकअर्काप्रति व्यवहार गर्नुपर्ने उल्लेख छ । त्यसको अर्थ शत्रुत्व र घृणालाई खारेज गर्नु हो । संक्षेपमा भन्नुपर्दा शान्तिको आधार सद्भाव हो भने मानव अधिकारको आधार अहिंसा हो । जब घृणाको मलजल बढ्छ, हिंसाको बाली सपँ्रदै जान्छ । हिंसा मच्चाउनेहरूलाई दण्डित गर्न नसक्दा मानव अधिकार झनै खण्डित हुन पुग्छ । भ्रातृत्वले मानव अधिकार संस्कृतिलाई बढावा दिन्छ भने शत्रुत्वले मानव अधिकार उल्लंघनलाई बढावा दिन्छ र दण्डहीनताले मानव अधिकार उल्लंघनकर्तालाई प्रोत्साहन र प्रश्रय दिन्छ ।
समग्र विश्वकै लागि विश्वव्यापी घोषणापत्र ऐतिहासिक दस्ताबेज त हो नै, मानव अधिकार व्याख्याको स्रोत पनि हो । त्यसैलाई आधार मानेर मानव अधिकार संस्थाहरूले कार्य गर्छन् र नवीन मान्यताहरूको सूत्रपात पनि तर नयाँ मान्यताको खोजी गर्दा वा फरक धारलाई स्थापित गर्न खोज्दा कतिपयले घृणा, हिंसा र विखण्डनलाई बढावा दिन पनि पुगेका छन्, जुन मानव अधिकारकै शाश्वत मान्यताविपरीत छ । यहाँ चर्चा मूलभूत रूपमा एक अन्तर्राष्ट्रिय मानव अधिकार संस्था एमनेस्टी इन्टरनेसनलले धरातल छाडेको विषयमा केन्द्रित छ, जुन संस्थासँग २६ वर्षसम्म मेरो नाम जोडिएको थियो ।

0 comments:
Post a Comment