728x90 AdSpace

  • Latest News

    Saturday, December 16, 2017

    सल्यानमा माओवादीको समानान्तर जिल्ला समिति गठन

     रंग दर्पण २ पौष आइतबार २०७४

    सल्यानमा निर्वाचनमा टिकट वितरणलाई लिएर देखिएको विवाद बढ्दै गयको थियो अब यक आर्काले सहमति गर्ने भनेर सहमति भयको छ। प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लिएर जिल्लामा माओवादी विभाजित भएको थियो   ।

    केन्द्रले तोकेको वामगठवन्धनका आधिकारीक उम्मेदवार विरुद्धमा जिल्ला कार्यसमितिको बहुमत सदस्यले बागी उम्मेदवार उठाएपछि माओवादी केन्द्रभित्र विवाद चुलिएको थियो। ६३ सदस्य जिल्ला सचिवालय समितिमध्ये ४२ सदस्यले पार्टीको निर्णय नमान्ने भन्दै पोलिट्ब्यूरो सदस्य भीमप्रकाश शर्मालाई उम्मेदवार बनाएका थिए।

    विवाद बढ्दै गएपछि अहिले कर्णवहादुर वुढाथोकी र अर्का जिल्ला नेता निमवहादुर केसी संयोजक रहेका दुई जिल्ला समिति गठन भएका छन्। दुबले आफूहरु आधिकारीक भन्दै छुट्टाछुट्टै बैठकसमेत बसेका छन् ।

    निर्वाचन अघि वामगठवन्धन विरुद्धमा गएको भन्दै जिल्ला संयोजक कर्णवहादुर वुढाथोकीलगायतका जिल्ला नेतालाई कारवाहीका लागि प्रदेशमा सिफारिस गरिएको थियो । त्यसलगतै बुढाथोकीको संयोजकत्वमा बसेको बैठकले विना विभागीयमन्त्री टेकवहादुर बस्नेत, पोलिटब्यूरो सदस्य नेवबहादुर कँवर, रमेश मल्ल लगायतलाई कारवाहीको लागि सिफारिस गरेको थियो।

    चुनावका समयमा एकले अर्कोलाई कारवाही घोषणा गरेका नेताहरु अहिले समानान्तर कमिटी बनाएर जिल्लामा राजनीतिक गतिविधिहरु सञ्चालन गर्न थालेका छन्। बुढाथोकी संयोजक रहेको नेकपा माओवादी सल्यानको सचिवालयको बैठकले प्रेस विज्ञप्ती जारी गर्दे जिल्लाको समस्या समाधान गर्न प्रदेश र केन्द्रीय कार्यालयलाई आग्रह गरेको छ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सल्यानमा माओवादीको समानान्तर जिल्ला समिति गठन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top