728x90 AdSpace

  • Latest News

    Friday, December 1, 2017

    सिमरामा बलात्कार गरि दम्पतीको हत्या

    प्रकासित रंग दर्पण मंसिर १६, २०७४ शनिबार -
    जितपुर सिमरा उपमहानगरपालिका ३ बजनीमा शुक्रबार राति एक दम्पतीको हत्या भएको छ ,

    ३५ बर्षीय दिपक सुवेदी र उनकी पत्नी ३२ बर्षीया दिपिकाको हत्या भएको हो । दिपिकाको बलात्कारसमेत गरिएको छ । उनी निर्वस्त्र अवस्थामा कोठामा मृत अवस्थामा भेटिएकी हुन् । पति दिपकको शव गाईको गोठबाट ५० मिटरको दुरीमा भेटिएको हो । गाई पाल्ने गोठमा बसोबास गर्दै आएका उनीहरुलाई टाउकोमा बाँसको भाटाले प्रहार गरी हत्या गरिएको स्थानीय समाजिक अगुवा कृष्ण खनालले बताए । हत्यामा संलग्न भएकाको पहिचान खुलेको छैन् ।

    बजनी टोलदेखि ५ सय मिटर पश्चिम रहेको गाई पाल्ने गोठमा दम्पती सुतिरहँदा घटना भएको हो । घटनास्थल पर्सा जिल्लासित जोडिएको टेढा गाउँ जाने मुख्य बाटोमा पर्छ  । त्यस क्षेत्रमा उद्योगमा काम गर्ने मजदुरहरुको आवागमन सधैं भइरहेको हुन्छ । घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान थालेको छ । घटना अनुसन्धान गर्न क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट कुकुर मगाई अनुसन्धान थालिने प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए । ‘कुकुर आएपछि घटना मुचुल्का हुन्छ,’ उनले भने, ‘घटनास्थललाई सुरक्षा घेरामा राखेका छौं ।’
    मृतकका आमा र २ छोराछोरी बजनीमा भएको घरमा बस्दै आएका हुन् । ‘दिपिकालाई सामुहिक बलात्कारको क्रममा प्रतिकार गर्दा दम्पतीको हत्या गरिएको हुनसक्छ,’ घटना स्थल पुगेका एक प्रहरी अधिकृतले भने, ‘घटनामा संलग्नलाई चाँडै पक्राउ गर्छौ ।’ घटनापछि स्थानीय शोकमा छन् । गाउँमा त्रास बढेको छ । ‘सुरक्षाको चिन्ता भयो,’ एक स्थानीयले भने, ‘कसरी बस्ने //
    www.rangadarpan.com



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सिमरामा बलात्कार गरि दम्पतीको हत्या Rating: 5 Reviewed By: Unknown
    Scroll to Top