728x90 AdSpace

  • Latest News

    Wednesday, December 6, 2017

    धरानमा फालियाको बम बाँदरले लगेर गयो

     रंग दर्पण २०, बुधवार मंसिर २०७४ 
     भोलि मात्र हुने मतदान को तयारि हुदा भने धरानमा अज्ञात ब्याक्तिले फालियाको बम फेला परेको छ जति सुकै सुरक्छ्या कडा पारिय पनि बम राख्ने हरुको लागि भने कुनै असर परेको छैन ,
    धरान- धनकुटा सडक अन्तर्गत धरानको सानिमा बैंकको अगाडि बम भेटिएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई खबर गरेको थियो।  राति १२ बजे नै राखिएको बम नेपाली सेना र प्रहरीको टोलीले बिहान डिस्पोज गर्ने तयारी गर्दैगर्दा  बाँदरले उक्त बम टिपेर लगेपछि सेना तथा प्रहरी आश्चर्यमा परेका थिए ।
    धरानमा बम आतंक बढ्न थालेपछि प्रहरी र नेपाली सेनाले सुरक्षा सतर्कता बढाएका छन्।

    बाँदरले लगेको बम खोजी गर्दै जादाँ ‘मलाई नागरिकता चाहिन्छ, नागरिकता नदिए धरान बजारभरी बम पड्काइदिन्छु र ध्वस्त बनाइदिन्छ' भन्ने लेखिएको कागज र केही शंकास्पद वस्तु फेला परेको इलका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: धरानमा फालियाको बम बाँदरले लगेर गयो Rating: 5 Reviewed By: Unknown
    Scroll to Top