लोकसेवा आयोगले विभिन्न समूहमा ३ सय ९० जना शाखा अधिकृतका लागि आवेदन खुलाएको छ। राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सहको पदका लागि आवदेन माग गरिएको हो। जसमा खुलातर्फ २०६ जना अधिकृत माग गरिएको छ। यस्तै, महिला ५९, आदिवासी/जनजाति ५२, मधेसी ३९, दलित १८ र अपांग ९ जनालाई आरक्षित कोटामा राखिएको छ। आयोगले पिछडिएको क्षेत्रबाट ७ जना माग गरेको छ।
आवेदन दिनेहरुले प्रत्येक विज्ञापनका लागि एक हजार रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ। समावेशी समूहका लागि भने थप चार सय दस्तुर तोकिएको छ। तर अनलाइन फारमबाटै दरखास्त बुझाउनुपर्ने आयोगले जनाएको छ। आजदेखि आगामी पुस १८ गतेसम्म दरखास्तका लागि अन्तिम म्याद तोकिए पनि दोब्बर दस्तुर तिरेर पुस २५ गतेसम्म दरखास्त बुझाउन सकिनेछ।
0 comments:
Post a Comment