728x90 AdSpace

  • Latest News

    Thursday, December 7, 2017

    विप्लव समूहका उपत्यका प्रमुख समातिए

    रंग दर्पण -  मंसिर २१, २०७४-नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपत्यका प्रमुख रवि गोले पक्राउ परेका छन् ।
    गोलेलाई ललितपुरको बाँडेगाउँबाट प्रहरीले पक्राउ गरेको हो । राजधानीका विभिन्न ठाउँबाट उनका ६ जना सहयोगीसमेत पक्राउ परेका छन् । तीमध्ये दुई जना जिल्ला कमिटी सदस्य छन् ।
    उपत्यकामा चुनावलक्षित विस्फोट गोलेकै नेतृत्वमा भएको अनुमान प्रहरीको छ । उनको बसुन्धरास्थित डेरामा छापा मार्दा ४ वटा तयारी अवस्थाका बम भेटिएपछि नेपाली सेनाले बुधबार साँझ घरमै गएर डिस्पोज गरेको थियो ।     प्रहरीले गोलेको साथबाट चाइनिज पेस्तोल र ८ राउण्ड गोली बरामद गरेको छ ।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: विप्लव समूहका उपत्यका प्रमुख समातिए Rating: 5 Reviewed By: Unknown
    Scroll to Top