728x90 AdSpace

  • Latest News

    Friday, December 8, 2017

    अर्घाखाँचीको मथुरामा चुनाव भोलि

    रंग दर्पण

    ,मंसिर २२, २०७४-मतपेटिका तोडफोड भएपछि स्थगित भएको मथुरा नन्दराम आधारभूत विद्यालयको मतदान स्थलमा पुन: शनिबार मतदान हुने भएको छ । यहाँ दुई मतदान केन्द्र छ ।

    केन्द्र ‘ख’ का मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले मतदातालाई हस्ताक्षर नै नगरी मतपत्र दिएपछि कर्मचारी र मतदाताबीच केहीबेर भनाभन भएको थियो । त्यसपछि आक्रोशित मतदाताले मतपेटिका तोडफोड र मतपत्र च्यातेपछि मतदान स्थगित भएको थियो । २ हजार ४४ मतदाता रहेको उक्त केन्द्रमा करिव ५ सय मत खसेको अनुमान गरिएको छ ।

    शनिबार चुनाव हुने सदरमुकाम नजिकैको मतदान केन्द्रमा शुक्रबारदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । हस्ताक्षर विनाको मतपत्र मतदातालाई दिएको अधिकारीले स्वीकार गर्दै महाभूल भएको बताएका थिए ।

    उनी अधिकृत रहेको मतदान केन्द्र ‘ख’ मा जिल्ला सिचाईं प्रमुख टंकबहादुर केसी र केन्द्र ‘क’ मा जिशिअ लिलबहादुर राउत क्षेत्रीलाई मतदान अधिकृतको जिम्मेवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा ६३ प्रतिशत मत खसेको छ । मथुरामा चुनाव भएपछि बल्ल मतगणना गरिने भएको छ । सबै मतपेटीका सदरमुकाम ल्याइसकिएको छ ।



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अर्घाखाँचीको मथुरामा चुनाव भोलि Rating: 5 Reviewed By: Unknown
    Scroll to Top